
काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई नेकपा (एमाले)को स्वास्थ्य तथा जनसङ्ख्या विभागले ध्यानाकर्षणपत्र बुझाएको छ । मन्त्री यादवलाई विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हो ।
पत्रमा स्वास्थ्य सेवामा बाझिएका कानुनको तत्काल संशोधन गर्नुपर्ने, सामाजिक स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी बनाउनका लागि तत्काल कानुन सम्मत स्वास्थ्य बीमा बोर्डका पदाधिकारीको पदपूर्ति गर्दै सङ्गठन व्यवस्थापन गर्नुपर्ने, आधारभूत अस्पताल चाँडै सम्पन्न गर्नुपर्ने माग रहेका छन् ।
झाडापाखला, डेङ्गी, दादुरा, कोरोना भाइरसलगायत महामारीजन्य रोगको रोकथाम तथा नियन्त्रण, बाढीपहिरो तथा जलबाट उत्पन्न विपत्तिको व्यवस्थापनको पूर्व तयारी गर्नुपर्ने, वीर अस्पताललगायत केन्द्रीय अस्पतालमा जनशक्ति थपेर पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने, सबै अस्पतालको सेवालाई एकीकृत जानकारी गराउने प्रविधिमा जोड्नुपर्ने, युवा जनशक्तिलाई विदेश पलायन रोक्न विशेष कार्यक्रम ल्याउनुपर्ने लगायतका माग राखिएका छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले सरकार गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिवद्ध रहेको भन्दै मागलाई सम्बोधन गर्ने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन