
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद सुरेश आले मगरले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन परिवर्तन गर्नुभएको बताउनुभएको छ ।
सभाको विशेष समयमा आफ्नो धारणा राख्दै उहाँले राष्ट्रिय आवश्यकतालाई विचार गरेर परिवर्तन गरिएको गठबन्धनका सम्बन्धमा अनावश्यक टिप्पणी गरिएकामा आपत्ति जनाउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा यसअघि ध्यान नदिइएको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पूँजीगत बजेट खर्च गर्न नसक्नुको पछाडि सचेत र इमान्दार प्रयत्न नभएको तथ्य पेस गर्दै सांसद मगरले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद कृष्णबहादुर रोकायाले राष्ट्रिय गौरवका आयोजना लामो समयदेखि सुरु भए पनि अपेक्षित रुपमा परिणाम हासिल हुन नसकेको तथा लागतसमेत बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मध्य पहाडी लोकमार्ग निर्माण कछुवा गतिमा मात्रै अगाडि बढेको र निर्माण व्यवसायीले प्रभावकारी काम नगर्दा अपेक्षित प्रतिफल हासिल हुन नसकेको उहाँको कथन छ ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम किन अगाडि बढ्न सकेन भन्ने प्रश्न गर्दै उहाँले रुकुम र जाजरकोट जिल्लामा सञ्चालित आयोजनाको अवस्था दुरुहपूर्ण रहेको बताउनुभयो ।
सांसद भगवती न्यौपानेले मुलुकको हितका लागि सत्तापक्ष र प्रतिपक्ष नभनीकन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्र समस्यामा रहेको विषयलाई सरकार र सरोकारवाला दुवैले स्वीकार गरेको अवस्थालाई ख्याल गर्दै आन्तरिक तथा बाह्य कारणको खोजी गर्नुपर्ने बताउनुभयो ।
सांसद गोमादेवी तिमिल्सिनाले राष्ट्रियसभाका सदस्यहरुले नीति निर्माण निर्वाह गरेको भूमिका छायाँमा परेको बरु विकास निर्माणको काम गरे भनेर हल्ला खल्ला गर्नेहरुको विशेष प्राथमिकतामा पर्ने गरेको गुनासो गर्नुभयो ।
राष्ट्रियसभा सदस्यहरुको भूमिकालाई थप प्रभावकारी र व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उच्च शिक्षा अध्ययनका नाममा वर्षेनी हजारौँ विद्यार्थी विदेशिएको तथ्य पेश गर्दै भन्नुभयो– ‘काठमाडौँको धरहरा थाहा नपाउनेले विदेशका फोटो राखेर हल्ला गर्ने प्रवृत्ति मौलायो । यसबारेमा गम्भीर हुनु जरुरी छ ।’
यसअघि राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गा गुरुङले शान्ति प्रक्रियाको काम टुङ्गो नलाग्दा द्वन्द्वपीडितले प्रभावकारी राहत पाउन नसकेकामा गुनासो व्यक्त गर्नुभएको थियो । सांसद नारायणदत्त मिश्रले कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क जोड्ने सडक निर्माणमा सरकारले ध्यान दिन नसक्दा पर्यटकको आवागमनमा कठिनाइ भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन