
कञ्चनपुर । किसानका खेतमा सिँचाइ सुविधा उपलव्ध गराई उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’ जडान गरेको छ ।
ट्युबवेल जडानबाट करिब ३० बिघा खेतमा सिँचाइ सुविधा उपलव्ध भएको छ । सिँचाइ सुविधा नपुगेका किसानको छनोट गरी आवश्यकतका आधारमा स्यालो ट्युबवेल जडान गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभएको छ ।
“चालु आवमा ३ लाख ५० हजार वडा कार्यालयको र त्यति नै रकम किसानको गरी रु सात लाखमा सातवटा स्यालो ट्युबवेल जडान गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “गत आवमा आठ वटा स्यालो ट्युबवेल जडान गरी किसानलाई सिँचाइ सुविधा उपलव्ध गराएका छौँ ।”
उहाँका अनुसार हालसम्म वडामा ४३ वटा स्यालो ट्युबवेल जडान गरिएका छन् । ट्युबवेल जडान भएपछि ८० बिघा बढी जग्गामा सिँचाइ सुविधा उपलव्ध भइरहेको उहाँले बताउनुभयो । सिँचाइ सुविधा उपलव्धपछि किसान अन्नबालीसँगै तरकारीखेतीमा संलग्न हुँदै आएका छन् ।
“धान रोप्न सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकासे पानीकै भर पर्नुपर्ने अवस्था थियो”, स्थानीय किसान कालुराम चौधरीले भन्नुभयो, “वडा कार्यालयले अनुदानमा स्यालो ट्युबवेल जडान गरिदिएपछि सिँचाइ सुविधा उपलव्ध हुँदा समयमै धान रोप्न र गहुँ सिँचाइ हुँदा विगतको तुलनामा उत्पादन बढेको छ ।”
किसानलाई वडा कार्यालयले अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेलसँगै घरपालुवा पशुलाई चारो खुवाउन डुँड, चारो काटने मेसिन र चारो र दाना खुवाउने ‘स्ट्याण्ड’ पनि उपलव्ध गराउँदै आएको छ । वडा कार्यालयका अनुसार गत आवमा एक सय २८ डुँड,, ११ वटा चारो काट्ने मेसिन, नौवटा चारो र दाना खुवाउने स्ट्याण्ड अनुदानमा वितरण गरिएको थियो ।
चालु आवमा १९ वटा चारो काटने मेसिन, १५ घाँस र खुवाउने स्ट्याण्ड र ८० वटा डुँड, पचास प्रतिशत अनुदानमा उपलव्ध गराउने योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन