
काठमाडौँ । एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टी-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो खेलमा बरोडालाई २७ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।
१ सय ५७ रनको लक्ष्य लिएर मैदानमा आएको बरोडा निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२९ रनमा समेटियो । बरोडाका लागि एक सय २९ रन बनाउने क्रममा भानु पानियाले ३६, बाबा खानले २७ तथा कप्तान विष्णु सोलङ्कीले २५ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र अबिनास बोहोराले समान २-२ तथा गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
यसअघि नेपालका लागि कुशल मल्लले अविजित रहँदै २५ बलमा ३ चौका र २ छक्का सहित ४० रनको सर्वाधिक इनिङ खेले । यस्तै अर्को तर्फ दीपेन्द्र सिंह ऐरी ५ रनमा नटआउट रहे ।
नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल टोलीले १४ रन बनाएको अवस्थामा ९ रन बनाएर तेस्रो ओभरमा पहिलो विकेटको रूपमा पेभेलियन फर्किएका थिए । आशिफ शेख पनि पाँचौं ओभरमा ९ रन नै बनाएर आउट भए । दुवै ओपनर बाबा खानको बलमा आउट भएका थिए ।
चौथो नम्बरमा कप्तान रोहित कुमार पौडेल १३ बलमा ३ चौका सहित १८ रन बनाएर आठौ ओभरमा रन आउट भए । तेस्रो नम्बरमा आएका अनिल शाह २७ बलमा २५ रन बनाएर परीक्षित पतीडरको बलमा क्याच आउट भए ।
नेपालले पाँचौं विकेट पनि छिटै गुमायो । अनिल आउट भएपछिको छैठौं बलमा गुलशन झा १४ बलमा १३ रन बनाएर मोहित मोङ्गियाको बलमा क्याच आउट नै भए । त्यसपछि सन्दिप जोरा र कुशल मल्ल मिलेर इनिङ सम्हालेका थिए । छैठौं विकेटका लागि उनिहरुले ४८ रनको साझेदारी गरे ।
सन्दिप १८औं ओभरको पाँचौं बलमा १६ बल खेल्दै २ चौका र २ छक्का सहीत २९ रन बनाएर रन आउट भएपछि साझेदारी तोडिएको थियो ।
बरोडाका लागि बाबा खानले २ तथा परीक्षित पतिडर र मोहित मोङ्गियाले समान १-१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन