
काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाली विशेषतामा आधारित रहेर समाजवादको निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
समाजवादी मोर्चाले मंगलबार आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया’मा उहाँले असमानता, विभेद्लाई अन्त्य गर्दै आर्थिक विकास र समृद्धिलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउनैपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सरकारले सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो । वर्तमान शासनप्रणाली र निर्वाचन प्रणालीको परिवर्तन नगरी समाजवाद स्थापना हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले त्यसका लागि सबै तयार हुनुपर्नेमा जोड दिनुभयो ।
सङ्घीयतालाई सबल बनाउन पनि सुधार जरुरी रहेको उहाँको कथन छ । जातीय, धार्मिक, समाजिक विभेद्लाई अन्त्य नगरिकन सामाजिक न्यायसमेत प्राप्त नहुने र समाजवाद समेत प्राप्त नहुने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता राजन भट्टराईले समाजवाद कार्यान्वयन गर्नका लागि आर्थिक, सामाजिक विषयलाई ध्यान दिँदै विश्वका सफल उदाहरणको पनि अध्ययन जरुरी रहेको बताउनुभयो ।
समाजवादीका बीचमा एकता नहुँदा लामो सङ्घर्षपछि प्राप्त व्यवस्था र संविधानलाई कार्यान्वयन गर्न गत्यावरोध उत्पन्न भएको उहाँको भनाई छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली जनतालाई स्वास्थ्य शिक्षा, रोजगारीको सहज रुपमा प्रबन्ध गर्नका लागि नेपाली मौलिकताको समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यथास्थितिमा क्रमभङ्ग गरेर अगाडि जानुपर्नेमा आवश्यकता औँल्याउँदै नतातर्फ फर्कने र अधिकार सम्पन्न बनाउने कार्यक्रम जरुरी रहेको भनाई राख्नुभयो ।
अधिवक्ता एकराज भण्डारीले नेपालको संविधानमा समाजवाद उन्मुख विशेषता उल्लेख गरिएको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वराजदूत महेशमान मास्के, वरिष्ठ अधिवक्ता सुरेन्द्र महत्तो, प्राध्यापक डा खगेन्द्र प्रसाइँ, डा दिनेशराज भुजु, अधिवक्ता दीपेन्द्र झा लगायतले नेपालको विशेषतासहितको समाजवादबारे आफ्नो धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन