
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले विगतको अनुभवबाट शिक्षा लिएर मात्रै समाजवाद कार्यान्वयन गर्न सकिने बताउनुभएको छ ।
समाजवादी मोर्चाले आज यहाँ आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले २०७४ को निर्वाचनपछि प्राप्त भएको जनमतलाई जोगाउन नसक्दा नेपालको वामपन्थी आन्दोलन र समाजवादी यात्रा अगाडि बढ्न नसकेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले पछिल्ला दिनमा बनेको गठबन्धनले जनतामा नयाँ विश्वास पैदा गरेको उल्लेख गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी नेपाली विशेषताको समाजवादी कार्यक्रम अगाडि बढाउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य, शिक्षा र रोजगारी अभिवृद्धि गर्ने गरी वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्रबन्ध गर्नुपर्ने र त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ ।
सही नीति र कार्यदिशा बनाएर वामपन्थी र समाजवादी शक्तिबीच एकता कायम गर्दै मुलुकलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । वामपन्थी समूहबीच सहकार्य गर्ने ठाउँमा आइपुगेको स्पष्ट पार्दै उहाँले सङ्गठन र संरचना विकास गरेर जनताका बीचमा जानुपर्नेमा जोड दिनुभयो । ‘नयाँ ढङ्गले एकताको मञ्च खोजौँ । सडक, संसद् र सरकारबाट प्रगतिशील नीति ल्याएर कार्यान्वयन गर्ने सङ्कल्प गरौँ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन