
सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
मंगलबार सम्पन्न मतगणनामा श्रेष्ठ ३ सय ६३ मतसहित अध्यक्ष निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । निर्वाचन समितिका अनुसार श्रेष्ठका प्रत्यासी कमल नेपालले ३ सय ४९ मत प्राप्त गर्नुभएको छ ।
नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो ।चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो । अधिवेशनबाट उपाध्यक्षमा ३ सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित हुनुभएको छ । उहाँका प्रत्यासी विष्णुमणि आचार्यले ३ सय ७ मत प्राप्त गर्नुभएको छ ।
सचिवमा कृष्णगोपाल तामाङ ४ सय ३ मतसहित विजयी हुनुभएको छ । उहाँ प्रत्यासी यज्ञराज सापकोटाले २ सय ७० मत पाउनुभएको छ । उपसचिव खुलातर्फ शिवहरि सापकोटाले ३ सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले ३ सय १३ मत पाउनुभएको छ ।
महिलातर्फ सुशीला पाख्रिनले ४ सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले २ सय ८ मत प्राप्त गर्नुभएको छ । जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका छन् । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा ७ सय ४७ जना प्रतिनिधि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन