
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा यतिखेर महाधिवेशनको चटारो छ ।
नेकपा एमालेबाट चोइटिएर बनेको एकीकृत समाजवादीको १०औँ महाधिवेशनमा आउँदो जेठ ३ देखि ७ गतेसम्म काठमाडोँमा हुँदैछ । एकीकृत समाजवादीले महाभिवेशनमा सहभागी हुने सबैलाई चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ । महाधिवेशनको लागि प्रतिनिधि चयन गर्न पार्टी मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीमा रहेका नेताले समयमै आफ्नो सदस्यता नवीकरण गर्न पार्टीले आह्वान गरेको हो ।
पार्टीले वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि छनोटको कार्यतालिका निकालेको छ । पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन पनि गरिसकेको छ । केन्द्रीय अध्यक्षदेखि केन्द्रीय निकायका सदस्य पनि चुनिएर आउनुपर्ने व्यवस्था भएकाले सम्बन्धित कमिटीले कार्यक्षेत्रका सदस्यलाई निर्धारित समयमै सदस्यता नवीकरण गरी त्यसको अभिलेख राख्न पार्टीले निर्देशन गरेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभएको छ ।
महाधिवेशन प्रतिनिधि बन्न पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म नेताहरू चुनिएर आउनुपर्ने व्यवस्था विधानले गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै समाजवादको दिशामा अगाडि बढाउने लक्ष्य लिएको पार्टीले प्रदेशस्तरीय, विभागीय, आयोगस्तरीय समूह निर्माण गरी विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन