
काठमाडौँ । नेपाली कांग्रेसका प्रदीप पौडेलले ग्रीन हाइड्रोजन उत्पादन गर्न आवश्यकपर्ने कानुन र लगानी बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा सांसद पौडेलले काठमाडौँँ विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन गरेर सफल परीक्षण गरेको र त्यसलाई अझ अनुसन्धान उत्पादन बढाउनुपर्ने बताउनुभयो । ‘नेपाली विश्वविद्यालय जसले नेपालमै यो ग्रीन हाइड्रोजन उत्पादन गरेर जुन अनुसन्धान ग¥यो, जसलाई सफलतापूर्वक परीक्षण गरेर देखायो र यो अनुसन्धानमा आबद्धलाई बधाई व्यक्त गर्छु’ उहाँले भन्नुभयो– ‘नेपालमा कुनै पनि चिज उत्पादन गर्नु आफैँमा ठूलो कुरा हो, त्यसमाथि ग्रीन हाइड्रोजन भनेको क्लिन ग्रीन एनर्जी हो, जुन नेपाललाई अत्यावश्यक छ, यो क्षेत्रको ठूलो सफलता हो, कोशेढुङ्गा हो ।’
एउटा विश्वविद्यालयको गरेको अनुसन्धानलाई राज्यले गम्भीरतापूर्वक लिएर त्यसका निम्ति आवश्यक कानुन बनाएर उत्पादनमा वृद्धि गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । ‘एकसय किलोमिटर गाडी गुडाउन कति पेट्रोल आवश्यक पर्छ ? र त्यसको मूल्य कति हुन्छ र एक केजी ग्रीन हाइड्रोजन उत्पादन गर्न कति पैसा लाग्छ ? तुलना गरेर हेरौँ’ सांसद पौडेलले भन्नुभयो– तीन खर्ब रुपैयाँ पेट्रोलियम पदार्थ आयात गर्नका लागि खर्च गरेका छौँ, त्यसको विकल्प यो ग्रीन हाइड्रोजन बन्न सक्छ र नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्छ, नेपाल आत्मनिर्भर हुनसक्यो र उत्पादन नेपाली बजारमा लान सक्यौँ भने नेपाललाई ठूलो लाभ हुन्छ ।’
चालु आर्थिक वर्ष सात महिनामा मात्रै नेपालले एक खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको तथ्याङ्क सार्वजनिक भएको उल्लेख गर्दै उहाँले व्यापार घाटा कम गर्न र विकासका लागि योजना बनाउन बनाउन जरुरी भएको बताउनुभयो । विसं २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएअनुसार ग्रीन हाइड्रोजन उत्पादनमा वृद्धि गर्नुपर्ने उहाँको भनाई छ ।
सांसद पौडेलले हमासले बन्धक बनाएका विपीन जोशीको अवस्था अहिलेसम्म पत्ता नलागेको र रुसी सेनामा कति नेपाली रहेका छन् भन्नेबारे सरकारले अध्ययन गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
‘रुसी सेनामा रहेका नेपालीका आफन्त पीडामा बाँचिरहेका छन्, त्यसबारे सरकार बेखबर छ, बेखबर मात्र होइन सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन’ सांसद पौडेलले भन्नुभयो– ‘पराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्रीसँग वार्ता गर्नुभयो, तर अझै नेपालीको वास्तविक अवस्था बुझ्न पाएको छैन, उद्धारका निम्ति जुन ढङ्गले पहल हुनुपर्ने त्यो हुन सकेको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन