
तनहुँ । आगामी शैक्षिकसत्र शुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ । शैक्षिकसत्र २०८१ शुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले जनाएको छ ।
निजी क्षेत्रले प्रकाशन गरेका सबै पाठ्यपुस्तक जिल्ला भित्रिसकेको भन्दै जनकशिक्षा सामग्रीले प्रकाशन गरका पुस्तक केन्द्रमार्फत आज जिल्लामा आइपुग्ने महासङ्घका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले राससलाई जानकारी दिनुभएको छ । उहाँका अनुसार कक्षा १ देखि ४ सम्मका सबै पाठ्यपुस्तक आइसकेका छन् ।
श्रेष्ठले भन्नुभयो– ‘पोखरास्थित जनकशिक्षा सामग्रीबाट आज कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक आइपुग्छन् । जिल्लाका पुस्तक व्यवसायीले त्यसका लागि शुल्क बुझाइसकेका छन् । पाठ्यपुस्तक आएपछि विद्यालयमा पुस्तक वितरण थाल्छौँ ।’ उहाँका अनुसार जिल्लाभरि ६५ पुस्तक व्यवसायी छन् ।
सबै व्यवसायीले रकम भुक्तानी गरिसकेकाले सबैलाई छुट्टाछुट्टैरुपमा पुस्तक आउने श्रेष्ठले जानकारी दिनुभयो । सबै पुस्तक आइसकेपछि व्यवसायीले विद्यालयमा पुस्तक वितरण गर्नेछन् ।
जिल्लामा समयमै पाठ्यपुस्तक आएकाले विगतका वर्षमा जस्तो समस्या नहुने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज कट्टेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पुस्तक व्यवसायीले चैत २० गतेभित्र सबै पुस्तक ल्याउँछौँ भन्नुभएको छ । पुस्तक आएपछि वितरणका लागि इकाइले सहमति दिएसँगै वितरण थालिनेछ ।’ इकाइका अनुसार तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन् ।
आँबुखैरेनी गाउँपालिका–६ छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले भर्ना अभियानसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले वार्षिक परीक्षा अन्तिम चरणमा छ । चैत २७ गते नतिजा प्रकाशन भएपछि यो महिनाभित्रै विद्यार्थीको हातमा पुस्तक पुर्याउँछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन