
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक फेरि दोहोरो अंकले घटेको छ ।
साता कारोबारको पहिलो लनि आइतबार नेप्से १७ दशमलव ३० अंकले घटेर २ हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ । आज ३ सय १६ कम्पनीको ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता शेयर ,६७ हजार ४४ पटक खरिदबिक्री हुँदा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक समेत घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३ दशमलव ६५, व्यापार १ दशमलव ७४, लघुवित्त १ दशमलव २० र विकास बैंक १ दशमलव ०९ प्रतिशतले घटेको छ ।
बैंकिङ शून्य दशमलव ५३, वित्त शून्य दशमलव ६२, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् शून्य दशमलव ०८, लगानी शून्य दशमलव ७९, जीवन बीमा शून्य दशमलव ९९, म्युचुअल फन्ड शून्य दशमलव ७३ र अन्य समूहको उपसूचक शून्य दशमलव ७१ प्रतिशतले घटेको छ ।
मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । गरिमा डिभेञ्चर २०८५ को मूल्य ८ दशमलव ०८ र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७ दशमलव ७४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर ९ दशमलव ९९ प्रतिशतले कमी देखिएको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१ रुपैयाँ बराबरको २ लाख ९० हजार १ सय ३६ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन