
नेपालगञ्ज । बाँकेका १३ महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँसहित बिदाइ गरिएको छ । ६० वर्ष पुगेका उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले आज सम्मान कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले अवकाश पाएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानसहित बिदाइ गर्नुभयो । स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशभर नौ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेको जानकारी दिनुभयो । उहाँहरुको योगदानलाई सम्मान गर्न प्रदेश सरकारले ५० हजार रुपैयाँ प्रदान गर्ने नीति लिएको मन्त्री खनालले बताउनुभयो ।
उहाँले प्रदेशभित्र एक सय पाँच विशेषज्ञ दरबन्दी रिक्त रहेको जानकारी दिनुभयो । सम्मानित महिला स्वास्थ्य स्वयंसेविका बीना पाण्डेले विगतमा टोलटोलमा पुगेर स्वास्थ्य सेवा दिएको स्मरण गर्दै अहिले प्रविधिले धेरै सहज बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अङ्गद शाहीले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा गाउँगाउँमा स्वास्थ्यसम्बन्धी जागरण ल्याउन अमूल्य योगदान गरेको भनी प्रशंसा गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय आशा नेपाली, मीना सिद्धिकी, प्रदेशका स्वास्थ्य सचिव जनार्दन पन्थी, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतले महिला स्वास्थ्य स्वयंसेविकाले समुदाय र स्वास्थ्य संस्थाबीच पुलको काम गरेको बताउनुभयो । नेपालगञ्ज उपमहानगरका १० र जानकी गाउँपालिकाका तीन गरी १३ जनालाई नगदसहित सम्मान गरिएको हो ।
बाँकेका सबै स्थानीय तहमा ३५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । लुम्बिनी प्रदेशमा वर्षेनी चार सयको हाराहारीमा महिला स्वास्थ्य स्वयंसेविकाले अवकाश पाउने गरेका छन् । अवकाश पाएका स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाइ गरिएको लुम्बिनी प्रदेशमा पहिलो पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन