
काठमाडौँ । टी–२० अभ्यास खेल अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ। लोकेश बमको शतकका बाबजुद अन्तिम ५ ओरमा राम्रो प्रदर्शन गर्न नसक्दा नेपालले आजको खेलमा पराजय भोग्नु पर्यो ।
लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९/३ को अवस्थामा थियो । तर १३ रन जोड्दा ७ विकेट गुमायो । १६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो ।
नेपालले १९.३ ओभरको समाप्तिमा सबै विकेट गुमाएर २०१ रन मात्र बनायो। आयरल्यान्ड ए ले पहिलो टी २० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको थियो। टी–२० अभ्यास खेल अन्तर्गत नेपाल ‘ए’ ले टस जितेर पहिला फिल्डिङ्ग रोजेको थियो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनाएको थियो।
दोस्रो इनिङमा नेपालका लोकेश बमले सर्वाधिक ५६ बलमा १०६ रन बनाएका थिए। यसैगरी आरिफ शेखले २६ बलमा ४९ रन बनाएका थिए। विनोद भण्डारीले १४ बलमा १६ रन बनाएका थिए।
आएरल्यान्डका बलर ह्यान्ड र म्याथ्यू जेम्स हम्फ्रेसले ३ ३ विकेट लिए। फोस्टरले २ विकेट लिए भने थोमस मेयस र गेभिन होईले एक एक विकेट लिए।
पहिलो इनिङमा आयरल्यान्डका पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए। ओपनर रस आदिर दोस्रो बलमै फर्स्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए।
चोटका कारण दुई वर्षपछि खेलमा फर्किएका कमलसिंह ऐरीको बलमा रस आदिर क्याच हुन पुगेका थिए। त्यसपछि दोस्रो विकेटका लागि पिटर मुर र केड कर्माइकले ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए।
केड २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा सागर ढकालको बलमा एलबीडब्लू आउट भए । स्टेफन डोहेनी १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट भए।
निल रक २३ बलमा १ चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानी १४ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए। गेभिन होइले ६ बलमा २ छक्कासहित १८ रन जोडे।
नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १र१ विकेट लिए।
यसअघि बिहीवारका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएको थियो। आजको खेल पनि वर्षाका कारण स्थगित हुन सक्ने सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध