
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताउनुभएको छ ।
पीडित परिवारसँग बिहीबार भेटघाट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थान निर्माणको पहल भइरहेको उहाँको भनाई छ ।
सन्थाल समुदायको बसोबास रहेको त्यो ठाउँमा चैत ३ गते भएको आगलागीबाट २३ घर जलेर नष्ट भएका थिए । सन्थाल बस्दै आएको सुकुम्बासी बस्तीका नागरिकले दैनिक रुपमा ज्याला मजदूरी गरेर गुजारा गरिरहेका छन् ।
पीडितसँगको भेटमा मुख्यमन्त्री कार्कीले सो समुदायका नागरिकलाई जग्गा उपलब्ध गराउने कामको अग्रसरता लिन स्थानीय तहलाई आग्रह पनि गर्नुभयो । उनीहरुलाई जग्गा उपलब्ध गराउन सकिएमा सबैको सहयोग र समन्वयमा स्थायी बास निर्माण कार्य थालिने उहाँको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन