
मोरङ । मोरङको विराटनगरस्थित सहिद रङ्गशालामा आजदेखि आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप शुरु भएको छ ।
प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले उद्घाटन खेलमा आमन्त्रित टोली आरटीसी फुटबल क्लब थिम्पु भुटान तथा विभागीय टोली नेपाल पुलिसबीच भिड्ने तय भएको जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि आयोजकका तर्फबाट साङ्ग्रिला मोरङ फुटबल एशोसिएसनसहित नेपाल, भारत र भुटानका १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भारतका दुई आमन्त्रित क्लब साउथर्न समिति फुटबल सङ्घ कोलकाता र सिक्किम ड्रागन फुटबल क्लब खेल्दैछन् ।
पुलिससहित सशस्त्र प्रहरी र त्रिभुवन आर्मी पनि मैदानमा भेट हुनेछन् । त्यसबाहेक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब र चर्च ब्वाइज फुटबल क्लबबीचको प्रतिस्पर्धाले दर्शकलाई पूर्ण रूपमा खेल मनोरञ्जन दिने अध्यक्ष शाहीले बताउनुभयो ।
प्रतियोगिताको विजेताले ११ लाख, उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले रु २१ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।
प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले २५ लाख रुपैयाँ दिने प्रतिवद्धता जनाएको बताइएको छ । विराटनगर महानगरपालिकाबाट १२ लाख र राष्ट्रिय खेलकुद परिषदबाट पाँच लाख रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न एक करोड १८ लाख ४३ हजार दुई सय रुपैयाँ अनुमानित खर्च लाग्ने जनाइएको छ । टिकटबाट न्यूनतम ५० लाख रुपैयाँ उठ्ने ट्रष्टको दाबी छ । आजबाट शुरु हुने रात्रिकालीन विराट गोल्डकप चैत २४ गते समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन