
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेप्से ५ दशमलव ७८ अंकले उकालो लागेर २ हजार ३५ दशमलव ६४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३६ ओरालो लागेर ३ सय ५९ दशमलव शून्य ९ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहकोे शेयर मूल्य ओरालो लाग्दा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कूल ६६ लाख १४ हजार ४ सय ४५ कित्ता शेयर, २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँमा कारोबार भएको छ । कारोबार आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ । त्यो कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँ बराबरको कारोबार भयो ।
गुर्खाज फाइनान्स १६ करोड १९ लाख ८९ हजार पाँच सय ५८, शिवम् सिमेन्ट १५ करोड ३९ लाख ३३ हजार ६ सय ४९, सोनापुर मिनरल्स ११ करोड १८ लाख ५३ हजार एक सय ६८ र पिपल्स पावर ७ करोड ३ लाख २३ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट ९ दशमलव ९६, हिमालयन हाइड्रोपावर ८ दशमलव ७३, सामलिङ पावर कम्पनी ८ दशमलव शून्य सात र पिपल्स पावरका लगानीकर्ताले सात दशमलव ४४ प्रतिशतले कमाएका छन् ।
उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड ६ दशमलव ८०, जोशी हाइड्रोपावर ३ दशमलव ३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३ दशमलव २८ प्रतिशतले गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन