
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा बिहीबार भएको शिष्टाचार भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा सहकार्यबारे छलफल भएको छ ।
त्यस अवसरमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको मित्रता, सौहार्दता र सहयोगमा आधारित सम्बन्धलाई निकै महत्व दिएको बताउनुभयो ।
मन्त्री चौधरीले सामाजिक–आर्थिक स्थिति, विशेष गरी नेपालको ग्रामीण समुदायको उत्थान गर्ने प्रयासमा फिनल्याण्डको सहयोग नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गर्दै कोभिड–१९ को कठिन समयमा नेपाललाई सहयोगका हात बढाएकामा फिनल्याण्ड सरकार र जनतालाई धन्यवाद दिनुभयो ।
नेपाल सन् २०२६ मा अल्पविकसितबाट स्तरोन्नति भई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा रहेको उल्लेख गर्र्दै मन्त्री चौधरीले दिगो विकासका लक्ष्यहरू हासिल गर्न नेपाल प्रयासरत रहेको बताउनुभयो । ‘फिनल्याण्डले विभिन्न बहुपक्षीय फोरममा नेपालसँगै जलवायु परिवर्तनका वकालत गरेकामा धन्यवाद दिन चाहन्छु’ उहाँले भन्नुभयो ।
राजदूत हेक्काले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध प्रगाढ बनाउन द्विपक्षीय विकासका लागि सहकार्य गरेर जाने बताउनुभएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन