
नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेकोे बताउनुभएको छ । पश्चिम नवलपरासीबाट बिहीबार शुरु गरेको दोस्रो चरणको संवाद यात्रामा उहाँले नेपाली कांग्रेस पार्टीले आफ्ना सबै कार्यकर्तामा खुशी ल्याउनुपर्छ भन्नुभएको हो ।
उहाँले नेपाली कांग्रेस पार्टीमा ८ लाख क्रियाशील सदस्य रहेका र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुशी र सङ्गठनप्रति उनीहरुमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राख्नुभयो ।
‘यी सबै सदस्य खुशी भए भने देशका सबै मानिसलाई खुशी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुशियाली आउँदैन’ उहाँको भनाई छ । त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुशी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उहाँको तर्क छ ।
पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेको पनि उहाँले बताउनुभयो । जिल्लामा जाँदा विविध खालका समस्या देखिएकाले तिनको निकास पनि जिल्लाबाटै निकाल्नुपर्ने महामन्त्री थापाको भनाई छ ।
उहाँले आउने संसदीय निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी एकलै लड्ने पनि जानकारी दिनुभयो । उहाँले बिहीबार यहाँस्थित गुठ्ठी सूर्यपुरामा रहेको विपी कोइरालाको सालिकमा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्राको शुरुवात गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन