
पोखरा । आजदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार ९ सय ८ विद्यार्थी सहभागी भएका छन् ।
प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार २ सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार बागलुङबाट ४ हजार ३ सय ९९, पवर्तबाट २ हजार २८, म्याग्दीबाट १ हजार ९ सय ३८, मुस्ताङबाट १ सय ८८ र स्याङ्जाबाट ४ हजार १ सय २४ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
गोरखाका ३ हजार ६ सय ६२, लमजुङका २ हजार ६ सय ७९, तनहुँका ५ हजार ४ सय ६२ र नवलपुरका ६ हजार १ सय ६५ परीक्षार्थी सहभागी रहेका निर्देशनालयका अधिकृत खेमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षा सञ्चालनका लागि २ सय १४ परीक्षा केन्द्र कायम गरिएको छ ।
प्रदेशभरबाट सामुदायिक र संस्थागत गरी कूल १ हजार ३ सय ३२ विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएका पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कूल परीक्षार्थीमध्ये नियमिततर्फका ३९ हजार ४२, प्राविधिक धारका १ हजार ३ सय ९० र ग्रेडवृद्धितर्फका ४ सय ८६ रहेका छन् ।
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन २ सय १४ केन्द्राध्यक्ष ३ सय ७२ सहायक केन्द्राध्यक्ष, २ हजार १ सय ४४ निरीक्षक, ५ सय १८ परीक्षा सहायकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मी परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन