
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन