
चितवन । बिहिबारबाट शुरु हुन लागेको एसइई परीक्षामा जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् । चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई परीक्षामा चेपाङ् समुदायका तीन सय ५१, बोटे समुदायका १३ र माझी समुदायका १२ विद्यार्थी सहभागी हुन लागेका हुन् ।
जिल्लाबाट १० हजार ९ सय २३ विद्यार्थी सहभागी हुने परीक्षामा उनीहरुले सहभागिता जनाउन लागेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभएको छ । जिल्लाका ४२ केन्द्रबाट ती विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । जम्मा ६४ विद्यालयमा अध्ययन गरेका चेपाङ समुदायका विद्यार्थीसँगै ११ विद्यालयमा अध्ययन गरेका माझी र १२ विद्यालयमा अध्ययन गरेका बोटे समुदायका विद्यार्थी परीक्षामा सहभागी हुन लागेका उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष जिल्लाबाट सात विद्यालयमा अध्ययन गरेका संस्कृत अध्ययन गर्ने ४७ विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा सहभागी विद्यार्थीमध्ये नियमितितर्फ १० हजार पाँच सय ७१, प्राविधिकतर्फ दुई सय ७१, ग्रेड वृद्धितर्फ एक सय ३५ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् । यस वर्षको परीक्षामा चार दृष्टिविहीन विद्यार्थीले समेत सहभागिता जनाउन लागेको उहाँले जानकारी दिनुभयो ।
परीक्षा सम्पन्न गर्नका लागि भरतपुर महानगरपालिकाकमा २२, रत्ननगर नगरपालिकामा सात र खैरहनी नगरपालिकाका चार केन्द्र तय गरिएको छ । राप्ती नगरपालिकामा तीन, माडी नगरपालिका र कालिका नगरपालिकामा दुई/दुई केन्द्र तोकिएको छ ।
इच्छाकामना गाउँपालिकामा दुई केन्द्र तोकिएको उहाँले बताउनुभयो । ती केन्द्रमा ४२ केन्द्राध्यक्ष र पाँच सय ४५ निरीक्षक परिचालन गर्ने तयारीमा एकाइ रहेको छ । परीक्षालाई मर्यादित बनाउनका लागि आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन