
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लक्षित समुदायलाई सेवामा प्राथमिकता दिन ‘भिजिटिङ कार्ड’ को व्यवस्था गरेको छ ।
अल्पसङ्ख्यक, महिला तथा बालबालिका र अपाङ्गता भएका सेवाग्राहीका लागि तीन किसिमको भिजिटिङ कार्डको व्यवस्था गरिएको छ । अल्पसङ्ख्यकलाई रातो, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई पहेँलो र महिला तथा बालबालिकालाई सेतो भिजिटिङ कार्डको व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभएको छ । ‘प्रहरी सेवामा लक्षित समुदायको पहुँच बढाउन यस्तो व्यवस्था गरिएको हो’ उहाँले भन्नुभयो– ‘राज्यको नीति र व्यवहारिकता हेरेर लक्षित समुदायका सेवाग्राहीको कामलाई प्राथमिकता दिएका छौँ ।’
पछिल्लो १४ महिनाको अवधिमा अदालतको फैसला कार्यान्वयनमा जिल्लामै पहिलोपटक ठूलो रकम बराबरको जरिवाना र कैद असुल गरिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो । अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेका ७४ जनालाई पक्राउ गरी कैद सजायका साथै एक करोड १२ लाख रुपैयाँ जरिवाना असुल गरेको हो ।
प्रविधियुक्त अनुसन्धान र शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन गर्न विभिन्न निकायसँग आवश्यक समन्वय गरी गलेश्वरमा ६, बेनीको गणेशटोलमा दुई तथा कारागार कार्यालयमा दुई सिसिटिभी जडान गरिएको छ । हालसम्म म्याग्दीका सार्वजनिक स्थलमा ७७ सिसिटिभी जडान गरिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन