
कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले अहिलेको गठबन्धन सरकारमा सहभागी हुने कि नहुने ? भन्नेबारे आज निर्णय गर्ने भएको छ ।
सरकारबारे निर्णय गर्न नाउपाको संस्थापक केन्द्रीय सदस्यको बैठक कैलालीको अहिले टीकापुरमा जारी छ । बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहित २१ संस्थापक १६ जना सांसद सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले बैठकमा सहभागी हुनुभएको छैन ।
अध्यक्ष चौधरीलेसुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने ? भन्नेबारे पनि आज निर्णय हुने जानकारी दिनुभएको छ । अध्यक्ष रञ्जिता र उहाँ श्रीमान रेशमबीच नेकपा एमाले– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा सहमति हुन सकिरहेको छैन ।
संरक्षक रेशमको स्वीकृतिमा नाउपा सुदूरपश्चिम र लुम्बिनी सरकारमा सहभागी छ । तर अध्यक्ष रञ्जिता भने सरकारबाट फिर्ता हुनुपर्ने र नयाँ सत्ता समीकरणमा सहभागी हुनुपर्ने पक्षमा देखिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन