
काठमाडौँ । केही दिनदेखि घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार भने उकालो लागेको छ ।
नेप्से आज दोहोरो अंकले वृद्धि भएको हो । परिसूचक १० दशमलव १४ अंकले बढेर २ हजार ४१ दशमलव ७० को बिन्दुमा अडिएको छ । मंगलबार विभिन्न ३ सय १० कम्पनीका ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता शेयर, ४९ हजार ५ सय १२ पटक खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज वित्त समूह शून्य दशमलव ०६, जीवन बीमा समूह शून्य दशमलव १८ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले घटेका छन् । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २ दशमलव ११ र जलविद्युत् समूह १ दशमलव ५८ प्रतिशतले बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २ लाख ३४ हजार ६ सय २४ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन