
कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली–कञ्चनपुर तथा अन्य तीन जिल्ला गरी पाँच जिल्लामा समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम सञ्चालन भएको छ ।
धनगढी उपमहानगरपालिका, लम्कीचुहा, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिका, कञ्चनपुरको कृष्णपुर, पुनरवास नगरपालिका तथा लालझाडी गाउँपालिकामा डिपट्युबेलबाट पानी निकालेर उक्त कार्यक्रम सञ्चालन गरिएको महाकाली सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सालिक भुसालले बताउनुभयो ।
र्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशका बाँके र बर्दियामा डिपट्युबेलमार्फत सिँचाइ उपलब्ध पुर्याउने उद्देश्यले समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
कैलाली–कञ्चनपुरलगायत अन्य तीन जिल्ला गरी पाँच जिल्लामा डिपट्युबेलमार्फत चालु आर्थिक वर्ष २०८०/८१ मा ४० हेक्टर जग्गामा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । ती पाँच जिल्लामा डिपट्युबेलमार्फत भूमिगत सिँचाइ उपलब्धताका लागि चालु आव २०८०÷८१ मा रु सात करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
पाँच जिल्लामा सञ्चालित त्यो कार्यक्रमका लागि विनियोजन गरिएको बजेट पर्याप्त नभएको उहाँले बताउनुभयो । ‘कार्यक्रमअनुसार बजेटको आकार पनि ठूलो हुनुपर्ने हो तर छैन’ इन्जिनियर भुसालले भन्नुभयो । यी जिल्लामा किसानलाई आवश्यकताका आधारमा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध गराउने गरी कार्यालयले स्थान छनोट गरेर ‘डिपट्युबेल’ निर्माणको काम तीव्र रूपमा अघि बढाएको जनाइएको छ ।
एउटा डिपट्युबेल जडानका लागि करिब ८५ लाख रुपैयाँ बढी खर्च लाग्ने गरेको जनाइएको छ । भूमिगत जलस्रोतबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले डिपट्युबेलका लागि किसानबाट निवेदन माग गरिनेछ । किसानले निवेदन पेश गरेपछि प्रतिहेक्टर ५ सय रुपैयाँका दरले अधिकतम २० हजार रुपैयाँ उठाई कार्यालयको धरौटी खातामा जम्मा गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन