
काठमाडौँ । युएसए खुला अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अमेरिकाको टेक्सासमा चैत १३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले भाग लिनेछन् । एरिका १९औँ एशियाली खेलकुद (एसियाड) प्रतियोगिताका रजत पदक विजेता हुन ।
गत असोजमा चीनको ग्वान्झाउमा सम्पन्न एशियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । विप्लवलालले घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्णपदक दिलाएका थिए ।
युएसए खुला प्रतियोगितामा एरिकाले महिला ६८ किलोमाथिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । विप्लवलालले पुरुष ८४ किलोमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन । कुशलबाहेक अन्य तीन सदस्य नेपाली टोली आजै अमेरिका प्रस्थान गर्नेछन् । कुशल भने भोलि अमेरिका प्रस्थान गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले आज नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन