
काठमाडौँ । यसैवर्ष हुने टि–२० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड वुल्भ्ससँग घरेलु अभ्यास सिरिज खेलिरहेको नेपालले पहिलो खेलमा ६ विकेटको सहज जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरे।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको आइरिस टोलीलाई नेपाली बलरले निर्धारित २० ओभरको खेलमा अलआउट गर्दै १२१ रनमा रोके। नेपाली बलरले राम्रो प्रदर्शन गरेपछि आइरिस टोली सस्तैमा रोकिए।
आयरल्यान्डलाई सस्तैमा रोक्ने क्रममा नेपाली बलरहरू ललितनारायण राजवंशी, कुशल भुर्तेल र गुल्शन झाले २/२ विकेट लिए।
यस्तै करन केसी र कुशल मल्लले एक/एक सफलता दिलाए। आइरिस टोलीका तर्फबाट ओपनर स्टेफन डोहनीले ३९ बलमा ४६ रन जोड्नुबाहेक अन्यले आफ्नो टिमलाई उल्लेखनीय योगदान दिन सकेनन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन