
चितवन । गुरुङ समुदायले मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् ।
परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुषवाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा मेँ त्हँले पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।
चितवनका गुरुङ समुदायले नारायणी नदी किरनारमा जारी आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सवस्थल परिसरको गुरुङ घर प्राङ्गणमा धुमधामसँग यो पर्व मनाएका छन् । विगत वर्ष झैँ यस वर्ष पनि गुरुङ समुदायको धार्मिक संस्था ‘तमू प्ये ल्हु’ सङ्घ चितवनको आयोजनामा धनुषवाण प्रतियोगिता गरी मेँ त्हँले पर्व मनाएको सङ्घका जिल्ला अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो पर्व हरेक वर्ष फागुपूर्णिमाको तिथिमा पर्छ । यो पर्वको दिन धनुषवाण हान्ने, वर्छा हान्ने, छेलो फाल्ने, कुस्ती खेल्नेजस्ता खेलको आयोजना गरिन्छ । त्यसैगरी खुकुरीजस्ता घरेलु हतियारको विधिवत् पूजा गरी खेल शुरु गरिन्छ ।
सिकारीयुगमा धनुषबाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरुको महागुरुबाट शक्तिबाण ९गुरुबाण० प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रुपमा यो पर्व मनाइँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले