
उदयपुर । त्रियुगा नगरपालिकामा फागु मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका बेपत्ता भएका छन् ।
नगरपालिकाको वडा नम्बर १४ का ८ वर्षीय चोकलचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर नदीमा बेपत्ता भएका हुन् ।
उनीहरू त्रियुगा नगरपालिका–१४ धाप्लाङ भन्ने ठाउँबाट बेपत्ता भएको उदयपुरका एसपी रमेश थापाले जानकारी दिनुभएको छ । एसपी थापाका अनुसार उनीहरूसँगै गएका अन्य ४ बालबालिका भने घर फर्किसकेका छन् ।
बेपत्ता भएका उनीहरुको खोजी भइरहेको एसपी थापाले बताउनुभयो। एसपी थापाका अनुसार खोजीमा सशस्त्र प्रहरी टोली समेत परिचालन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले