
काठमाडौँ । हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस मनाइँदैछ ।
राष्ट्रिय क्षयरोग केन्द्रकाअनुसार आर्थिक वर्ष २०७९र८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । नयाँ थप बिरामीमध्ये करिब आधा मात्र उपचारका दायरामा आएकाकेन्द्रले जनाएको छ । तथ्याङ्क हेर्ने हो भने नयाँ बिरामीमध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएका देखिन्छन् । साथै क्षयरोगका कारण वर्षेनी १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ ।
क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भन्नुभयो, “क्षयरोगको जोखिममा १५ देखि ४४ वर्ष उमेर समूहका मानिस छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दामाथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।” हाल मुलुकभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध हुने गरेको उहाँले जानकारी दिनुभयो ।
क्षयरोगको जोखिममा कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस रहेका डा श्रेष्ठले जानकारी दिनुभयो ।
.केन्द्रका निर्देशक डा श्रेष्ठले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै क्षयरोगविरुद्ध प्रभावकारी रुपमा लड्न नवीन रणनीति लागू गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याको रुपमा अझै पनि रहिरहनु चिन्ताजनक विषय भएको बताउनुभयो । उहाँले क्षयरोग निवारण कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शुभकामना व्यक्त गर्दै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्राले क्षयरोग रोकथाम, निदान र उपचारको खाँचो रहेका सबैलाई उपचारको दायरामा आउन आग्रह गर्नुभयो । विशेष गरी जोखिम समूह, सीमान्तकृत जनसङ्ख्या तथा दुर्गम क्षेत्रसम्म यसको उपचार पुग्न आवश्यकता रहेको उहाँको भनाइ छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले