
काठमाडौँ । बझाङ क्षेत्र नम्बर १ को प्रदेश उपनिर्वाचनमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार बन्नुहुने भएको छ ।
प्रदेशसभाको क्षेन नम्बर १ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । एमालेले उपनिर्वाचनमा भण्डारीलाई उठाउने निर्णय गरेको छ ।
एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बझाङ जिल्ला अध्यक्ष भण्डारीलाई उपनिर्वाचनमा उठाउने निर्णय गरेको हो । प्रदेशसभा उपनिर्वाचनमा भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभामा बझाङ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते सवारी दुर्घटनामा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले