
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आज निजी क्षेत्रका प्रतिनिधिसँग लगानी सम्मेलन केन्द्रित छलफल गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधि सम्मिलित अनौपचारिक छलफलमा मन्त्री भण्डारीले वैशाख १५ र १६ गते सरकारले आयोजना गरेको लगानी सम्मेलनमा लगानीकर्तालाई सहज वातावरण निर्माण हुने कानुन बनाउने विषयमा कुराकानी गर्नुभएको हो ।
विभिन्न चरणमा निजी क्षेत्रबाट सरकारले कानुन निर्माणका विषयमा सुझाव लिइसकेको छ । निजी क्षेत्रले तयारी अवस्थामा रहेका १० ऐन र दुई विनियमावलीलाई अब संशोधन नगरी जस्ताको त्यस्तै संसद्मा पेस गर्न सुझाव दिएको महासङ्का महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिनुभयो ।
लगानीकर्तालाई सहज बनाउन निजी क्षेत्रले दिएको सुझावलाई सकारात्मक रुपमा लिई उद्योग मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाउनुभयो । सो छलफलमा महासङ्का पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष हेमराज ढकाल र जोत्सना श्रेष्ठ तथा परिसङ्घका अध्यक्ष राजेश अग्रवाल र उपाध्यक्ष वीरेन्द्र पाण्डे लगायत सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा