
काठमाडौँ ।पूर्वमन्त्री तथा नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध पार्टीकै भातृ संगठन युवा संघ, नेपालका केन्द्रीय सदस्य शोभा पाठकले संगीन आरोप लगाउनुभएको छ । एमालेको विभिन्न कार्यक्रममा समेत सहभागी र सक्रिय हुँदै आउनु भएकी पाठकले आफू पूर्वमन्त्री बस्नेतसँग ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलासा समेत गर्नुभएको छ ।
पाठकले सम्बन्ध प्रकरण सार्वजनिक भएपछि पूर्वमन्त्री बस्नेतले चार महिना अघि अनामनगरस्थित सनराइज अपार्टमेन्टको चौँथो तलामा बसोबासको व्यवस्था मिलाएर भेटघाटको लागि उहाँ त्यहाँ बारम्बार आउने गरेको खुलाउनुभएको छ । केही दिन अघिदेखि भने बस्नेतले आफूलाई अपार्टमेन्टबाट निकालेर बिचल्ली पारेको पाठकको आरोप छ ।
पाठकले नेपालकैरनसँगको अन्तरवार्तामा पूर्वमन्त्री बस्नेतले ‘म आएको छु ढोका खोल’ भन्दै फोन गरेको र त्यसपछि ढोका खोल्दा कोठामा अरु २ जना पुरुष पसेर आफूलाई तकियाले मुख छोपेर कुटपिट गरेको सुनाउनुभएको छ । पूर्वमन्त्री बस्नेतको समूहले आफूलाई कुटपिट गर्दै मोबाइल, गरहना र नागरिकता समेत लगेको पाठकले अन्तरवार्तामा उल्लेख गर्नुभएको छ । कुटपिट र लुटपाट प्रकरणबारे प्रहरीमा उजुरी दिन जाँदा सुनुवाई नभएको पाठकको गुनासो छ ।
नेपालकैरनले पाठकसँग लिएको अन्तरवार्ता सुन्न यहाँ क्लिक गर्नुस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा