
सोलुखुम्बु । विश्वकै सर्वोच्च शिखर सगरमाथा र आसपासका हिमाल चढ्ने आरोहीहरुले अवदेखि आफूले गरेको दिसा आधार शिविरसम्म बोकेर ल्याउनुपर्ने भएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जारी गरेको आधार शिविर व्यवस्थापन कार्यविधि, २०८० अनुसार आरोहिले दिसा गरेपछि सगरमाथामा छोड्न नपाउने र आफूसँगै आधार शिविरमा फिर्ता ल्याउनुपर्ने नियम लागु गरिएको हो ।
मानवीय गतिविधिबाट सिर्जित जलवायु परिवर्तनका असरले हिमाली क्षेत्रको जीविकोपार्जनमा असर पुर्याउन थालेपछि खुम्बु गाउँपालिकाले स्थानीय तहको अधिकार प्रयोग गर्दै कार्यविधिको व्यवस्था गरेको हो । कार्यविधिअनुसार अबदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा र नजिकै रहेको ल्होत्से हिमाल चढ्ने आरोहीहरूले आधारशिविरबाटै आफ्नो दिसा राख्न झोला किनेर लग्नुपर्ने हुन्छ।
आरोहीले फोहोरको बिसर्जनका लागि आधार शिविरभन्दा माथि अनिवार्य रूपमा ‘पुप ब्याग’ अथवा ‘बायोडिग्रेडेबल ब्याग’ को प्रयोग गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
सगरमाथा, ल्होत्से र न्हुप्त्सेबाट हरेक आरोहीले आठ किलो र अमादब्लमबाट तीन किलो फोहोर अनिवार्य आधार शिविरमा झार्नुपर्ने कार्यविधिमा उल्लेख छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्रभित्र सगरमाथासहित ल्होत्से, नुप्त्से र आमादब्लम हिमाल पर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा