
काठमाडौँ । क्यानडाविरुद्ध जारी तीन खेलको एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको छ । शनिबार सम्पन्न दोस्रो खेलमा नेपालका ओपनर ब्याट्सम्यान अनिल शाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन् ।
उनी अर्धशतक बनाउँदै आउट भएका हुन् । उनको विकेट ईश्वरजोत सोहीले लिएका थिए । सोहीले अनिललाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि अनिलले केवल १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतले ५० रन बनाएका थिए ।
अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने १९ बलमै अर्धशतक पुरा गरेका हुन् । ६.३ ओभरमा अनिल २० औ वलमा आउट भएका थिए । उनि आउट हुँदा नेपालले स्कोर ६४ रन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा