
काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानडाविरुद्ध लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच भएका छन् । क्यानडालाई दोस्रो खेलमा ४ विकेटले हराउन रोहितले अलराउन्ड प्रदर्शन गर्दै प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् ।
रोहितले शनिबारको खेलमा दुई विकेट लिनुको साथै ब्याटिङमा १०१ बलमा ८ चौका र ४ छक्कासहित ८७ रनको योगदान दिएका थिए । पहिलो खेलमा क्यानडालाई ७ रनले हराउन रोहित पौडेलले ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।
दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडालाई रोहितले मध्यक्रमका दुई प्रमुख ब्याटर परगत सिंह ३८ र निकोलस किर्तोनको २० रनमा विकेट लिँदै २८५ रनमा रोक्न सफल भएका थिए । एक समय ३ सय रन सजिलै कटाउने देखिएपनि रोहितले नेपाललाई खेलमा फर्काएका थिए ।
जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा रोहितपछि अनिलकुमार साहले २० बलमा ७ चौका र ३ छक्कासहित ५० तथा देव खनालले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिएका थिए । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा