
काठमाडौँ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह र सभामुख देवराज घिमिरेबीच नोकझोक भएको छ ।
मुलुककै गरिमायम पदमा रहेका सभामुख घिमिरेसँग जनप्रतिनिधि सांसद सिंहले आफूले बोलेको कुरामा नेकपा (एमाले)सहितका सांसदहरुले आपत्ति जनाएपछि जवाफ फर्काउनुभएको हो ।
बजेट विनियोजनका क्रममा सरकारले प्रधानमन्त्री, मन्त्री र सांसदहरुको पहुँचका आधारमा विभिन्न पाँच जिल्लामा मात्र रकम छुट्याएको र बाँकी ७२ जिल्लालाई अमेरिका, चीन, भारतसहितका देशलाई लिजमा दिन भनेपछि बैठकमा विवाद शुरु भएको थियो ।
सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाउनुभयो । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।
सभामुख घिमिरेले सांसद् सिंहको भनाइलाई रेकर्डबाट हटाउन निर्देशन दिएपछि विवाद शुरु भएको थियो । सांसद सिंहले भन्नुभयो, "तपाईंले दलीय हिसाबले दिएको निर्देशन हामी मान्दैनौं । बजेट निर्माणका क्रममा सबै जिल्लामा समानरुपमा बजेट विनियोजन गर्न सरकारलाई किन निर्देशन नदिएको ? सभामुख संसदको हो एमालेको हैन । तपाईंलाई सभामुख किन मान्ने ? तपाई त एमालेको कार्यकर्ता जस्तो हुनुहुन्छ । बजेट पनि नजाने बोल्न पनि नपाउने ? हामी पनि जनताबाटै चुनिएर आएको हो । तपाईंको दयामायाले म यहाँ आएको हैन ।"
बजेट विनियोजन नहुनुको कारण प्रस्तुत गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सिंहले एमाले सांसदहरुलाई गद्दारको संज्ञा दिनुभयो। आफू मन्त्री नभएको र मन्त्री भएकाहरुले चरम भ्रष्टाचार गर्दै २० वर्षमा देशलाई कंगाल बनाएको उहाँको आरोप थियो ।
सांसद् सिंहले सभामुख, सत्तापक्षका सांसदलक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिन थालेपछि सभामुख घिमिरेले सचेत गराउँदै निर्धारित विषयमा नियमावलीअनुसार बोल्न रुलिङ गर्नुभयो ।
उहाँले भन्नुभयो सभामुख महोदय, "चारपाँच जिल्लामा सम्पूर्ण बजेट छुट्याउने र बोल्न पनि नपाउने ? स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्न पाउनु हुन्न । सबै सांसदहरु समान भएकाले सबैलाई रुलिङ गर्नुपर्छ । रास्वपालाई सानो दल भएकाले दुःख दिने । स्वस्तन्त्र सांसदलाई बोल्न नदिने । यो अन्याय हामी सहदैनौं । जनताले हामीलाई हरेक असमानताविरुद्ध लड्न चुनेर पठाएका हुन् ।"
सो लगत्तै सभामुख घिमिरेले रोष्ट्रम छाडेर जान निर्देशन दिनुभएको थियो । सोपछि पनि सांसद सिंहले आफूहरु अन्याय र ज्यादती सहनमात्र चुनिएर नआएको बताउँदै आफूलाई दिएको समय सात मिनेटसम्म नबोले पनि रोष्ट्रम छाडेर नजाने अडान लिएका थिए । सोपछि पनि उहाँले विभिन्न विषयमा धारणा भने राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने