
काठमाडौँ । नेपाल चिकित्सक सङ्घ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ विमोचन गरिएको छ ।
सङ्घ स्थापनाको ७५ वर्षका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तक विमोचन गर्नुभएको हो । पुस्तकमा सङ्घका ३२ अध्यक्षहरूको जीवनी, उहाँहरूले गरेका योगदान, सङ्घर्षलगायत विषय समेटिएका छन् ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले दक्ष एवं विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र स्तरीय उपचार सेवा थालनी हुनु सुखद् पक्ष रहेको बताउनुभयो । उहाँले आफूले नेपालमै स्तरीय उपचार सेवाको अनुभव गरेको सुनाउनुभयो ।
राष्ट्रपति पौडेलले देशमामा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसर सिर्जना नभएकामा चिन्ता व्यक्त गरर्नुभयो । ‘देशमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन् तर तिनले पर्याप्त अवसर नपाएको गुनासा आइरहेका छन् । त्यसैकारण चिकित्सकहरू विदेशिने क्रम बढ्न थालेको छ । यो चिन्ताको विषय हो । यसलाई रोक्न सम्बद्ध पक्ष गम्भीर बन्नुपर्छ’ उहाँले भन्नुभयो ।
सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक सङ्घसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने गरी पुस्तक प्रकाशन गरिएको बताउनुभयो ।
उक्त पुस्तकको सम्पादक प्रवीण ढकालले गर्नुभएको छ । सम्पादक ढकालले पुस्तकले सङ्घको इतिहाससँगै नेपालको चिकित्सा क्षेत्रको इतिहास संरक्षण, विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै नयाँ पुस्ताका चिकित्सकलाई अग्रजहरूले गरेका काम र योगदानका विषयमा जानकारी प्रेरणा मिल्ने बताउनुभयो ।
नेपाल चिकित्सक सङ्घ विसं २००७ फागुन २० गते स्थापना भएको हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले सङ्घको स्थापना गरेका हुन् । सङ्घको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित चयन हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह