
प्रकाश बराल ‘आँशु’
कालिकोट । खाँडाचक्र नगरपालिका १ स्थित पञ्चदेव माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
साविक कर्णाली अञ्चलकै पहिलो उच्च माध्यमिक विद्यालय पञ्चदेव माविको वार्षिकोत्सव सरोकारवाला तथा अभिभावकहरूको उपस्थितिमा बिहीबार वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समिति कालिकोटका पूर्व सभापति तथा जेष्ठ नागरिक हर्ष बहादुर शाहीले शिक्षाको गुणस्तरमा वृद्धि गर्न शिक्षक, अभिभावक र सरोकारवाला निकायको अहम् भूमिका हुने बताउनुभएको छ। उहाँले शिक्षामा पहिलाको भन्दा अहिले कहि फरक रहेको र अझै बदलिँदो परिवेशसँग जान नसकेको उल्लेख गर्दै बदलिँदो परिवेशमा जानका लागि अभिभावकदेखि विद्यालय प्रशासन तथा स्थानीय सरकारको सम्बन्ध प्रगाढ हुने पर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि खाँडाचक्र नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष धर्मराज ताम्राकारले शिक्षा नै समाज परिवर्तनको महत्वपूर्ण साधन भएकाले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा रहनुभएका खाँडाचक्र नगरपालिकाका पूर्व नगरप्रमुख जसीप्रसाद पाण्डेले आफू सरकारमा हुँदा जति गर्नु पर्ने हो त्यति गर्न नसकिएको र अँझै पनि सरकार बाहिरबाट भए पनि विद्यालयलाई आवश्यक परेको खण्डमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
त्यस अवसरमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा शिक्षक वीरेन्द्र चौधरी लगायत वर्ष उत्कृष्ट अनुशासित विद्यार्थी, वर्ष भरिकै नियमित विद्यार्थी, २०८० को वार्षिक परीक्षा अन्तर्गत कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी र वर्षभरिका अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको छ , विद्यालयमा आउनुभएका नवआगन्तुक शिक्षक विद्यालय व्यवस्थापन समितिद्वारा स्वागत समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष लोकुलबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षमा अझै सुधार गर्दै लैजाने भावी योजना समेत अभिभावकहरु माझ प्रस्तुत गर्नुभएको थियो ।
अभिभावकको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विद्यार्थीले आफ्ना विभिन्न किसिमका प्रतिभा समेत देखाएका थिए भने कार्यक्रमको संचालन शिक्षक हरिबहादुर शाहीले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध