
कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि कर्णाली उत्सव ‘कुडा कर्नालीका’ शुरु भएको छ । महोत्सव ३ दिनसम्म चल्नेछ ।
महोत्सवको आज आयोजित कार्यक्रमबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गर्नुभयो । ‘ऋति फाउन्डेशन’ले कर्णालीको समग्र क्षेत्रको पहिचान सम्बन्धी जानकारी दिन र प्रदेशको सम्भावना केलाउने उद्देश्यले महोत्सवको छैटौँ संस्करण आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेल, कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री गमता विक, सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीलगायतले छलफलको उत्सवका रुपमा सञ्चालन हुँदै आएको कार्यक्रमले कर्णालीलाई नेपाल तथा विश्वमा चिनाउन सहयोग पु¥याएको बताउनुभयो ।
उत्सवको पहिलो दिन आज राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुति) ले ‘मान्ठ र मइडो’का बारेमा प्रवचन दिनुभएको छ । कार्यक्रममा १ हजार ३ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग