
विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने धारणा राख्नुभयो ।
आज नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद हस्तान्तरण तथा प्रमाणपत्र वितरण समारोहमा उहाँले पेसागत रूपमा स्वतन्त्र भई पत्रकारले स्वच्छ र मर्यादित पत्रकारिता गर्नुपर्ने भन्दै यसले समृद्ध मुलुक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले पत्रकारको सामूहिक हकहित र अधिकारको रक्षा गर्ने संस्थाका रूपमा रहेको पत्रकार महासङ्घको निर्वाचन खर्चिलो बन्न नहुने भन्दै सहमति, सहकार्य र एकताबाट असल नेतृत्व छान्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास र समृद्धिको यात्रालाई पूरा गर्न पत्रकारिता क्षेत्र सत्यतथ्यमा आधारित हुनुपर्ने बताउँदै संविधानको सर्वोच्चता, मानव अधिकार, लोकतन्त्रको रक्षाका लागि पत्रकारिता सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले आगामी हिउँदे अधिवेशनमा सञ्चार प्रतिष्ठान विधेयक ल्याउने तयारीसँगै सरकारले थप विधेयक सदनमा ल्याउन लागेको जानकारी दिँदै पत्रकारहरूको वृत्ति विकासका लागि लेखन, अनुसन्धान र खोजमूलक सामग्रीको प्रकाशन, सीप विकाससम्बन्धी तालिमलगायत व्यवस्थापन गरिने उल्लेख गर्नुभयो ।
उहाँले विधि र प्रक्रिया मिचेर प्रदेश सरकारले कुनै पनि काम नगर्ने भन्दै आफ्नै लगानीमा प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी भइरहेको उल्लेख गर्दै लगानी सम्मेलनबाट कृषि, पर्यटन र उर्जाका क्षेत्रमा ५० अर्ब रुपैयाँ भित्रने अनुमान गरिएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘प्रदेश सरकारले लागानी सम्मेलन गरेपछि पर्यटन वर्ष र अन्तर्राष्ट्रिय चिया सम्मेलन भव्यताका साथ सम्पन्न गर्न आवश्यक विधिका साथ तयारी गरिरहेको छ ।’ प्रदेश सरकारले केही वर्ष पहिला पत्रकार उपचार कोषमा १० लाख रुपैया जम्मा गरिसकेको बताउँदै चालु आर्थिक वर्षमा प्रदेशमा १७ दशमलव पाँच प्रतिशत आन्तरिक आय वृद्धि भएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका कार्यवाहक अध्यक्ष मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका कोशी प्रदेशका संस्थापक अध्यक्ष एवं मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं रास० सञ्चालक समितिका सदस्य शङ्कर खरेल, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशिला पाठक, पत्रकार मोहन भण्डारी, नवराज कट्टेल, लीला बल्लभ घिमिरे, यज्ञ शर्मा लगायतले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन