
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।
राजनीतिक दलका नेताहरुलाई गालीगलौज र बैंकको ब्याजविरुद्ध अभियान चलाएर चर्चामा आएका व्यवसायी प्रसाईंमाथि बिहीबार बागलुङमा हातपात भएको हो । व्यवसायी प्रसाईंमाथि दिउँसो २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा हातपात गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यो ठाउँमा प्रसाईं समूहले सभा आयोजना गरेको थियो सभामा करिब २ सय सहभागी थिए । सभामा बोल्नेक्रममा प्रसाईंमाथि हातपात गरिएको हो ।
प्रसाईंमाथि हातपात गरेको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौतमले बागलुङ–२ स्थित धौलागिरी चोकमा जुत्ता पसल गर्दै आएका छन् । गौतमलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा