
काठमाडौँ । चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेद्वारा बलात्कृत भएकी गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
यौन दुर्व्यवहार प्रकरणमा पीडितको तस्बिर सार्वजनिक गर्न नपाइने कानुनी प्रावधान छ । पीडित गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा संखुवासभाका ३२ वर्षीया केशरमान राई पक्राउ परेका हुन् ।
पीडित गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक गर्नेहरुविरुद्ध उजुरी दिएकी थिइन् । राईलाई गौशाला प्रकरण्मा पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिनुभएको छ । एसएसपी अर्यालका अनुसार राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ ।
काठमाडौँ जिल्ला अदालतले क्रिकेट खेलाडी लामिछानेलाई गएको बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्बिर सार्वजनिक गर्न थालेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा