
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सरिता भुसालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभामा सोमबार विशेष समयमा सांसद भुसालले बर्खा शुरु हुनु अघि नै उक्त सडक निर्माण सम्पन्न गर्न माग गर्नुभयो । ‘वर्षायाम शुरु हुन लागिसक्यो, यात्रुहरुले धेरै सास्ती भोगिरहेका छन्, जतिसक्दो छिटो सडक निर्माण सम्पन्न हुनुपर्छ’ उहाँले भन्नुभयो– ‘ त्यस क्षेत्रको यात्रुहरुले थप सास्ती भोग्न नपरोस् भन्ने कुरामा म सदनमार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु । पटक–पटक म्याद थप्दा पनि योजना सम्पन्न हुन सक्नुका कारण पहिचान गरी निवारन गर्न सरकारसँग माग गर्दछु ।’
विस २०७५ माघ २४ गते चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँग ठेक्का सम्झौता गरी २०७५ चैत ८ गतेदेखि सडक विस्तार शुरु भएको भन्दै यहाँले निर्माणमा असाध्यै ढिलासुस्ती भएको बताउनुभयो । ‘साढे तीन वर्षमा सडक विस्तार र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो’ उहाँले भन्नुभयो– ‘तर अहिलेसम्म सडक पूर्णरुपमा निर्माण हुन सकेको छैन ।’
निर्माण शुरु भएपछि निर्धारित समयमा काम सम्पन्न नहुँदा दुई पटकसम्म म्याद थप गरेपनि आयोजना समयमै सम्पन्न नहुने निश्चित भएको उहाँको भनाइ छ । ‘गत २०७९ साउनमा आयोजनाको म्याद सिद्धिएपछि एक वर्षको समय थप गरिएको थियो, म्याद थपिएको एकवर्षको समय सकिँदासम्म आयोजनाको प्रगति जम्मा ३८ प्रतिशत पुगेको थियो’ उहाँले थप्नुभयो– ‘त्यस समयमा पनि काम सम्पन्न हुन नसक्दा गत भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले पुनः एक वर्षको समय बढाएको छ तर अझै सम्पन्न भएको छैन ।’
पूर्वी नेपाल र पश्चिम नेपाललाई जोड्नुका साथै राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रुपमा रहेको यो महत्वपूर्ण मार्ग तीन वर्षको समय भए पनि पाँच वर्ष बित्दा पनि आधा काम सम्पन्न हुन नसक्नु लज्जास्पद विषय भएको उहाँले सदन समक्ष राख्नुभयो ।
त्यो सडक खण्डबाट यात्रा गर्ने यात्रुहरु धुलो र हिलोका कारण सास्ती भोग्नु बाध्य भएका छन् । सडक आसपासका बासिन्दा र व्यवसायीहरु झनै प्रभावित भएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु