
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको लागि मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपाले बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकारितामा आवद्ध रहँदै आउनुभएका लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी गराएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का महासचिव समेत रहनुभएका लिम्बूलाई पार्टीको विधानअनुसार छलफलपछि उम्मेदवार बनाउने निर्णय भएको रास्वपाले जनाएको छ।
बैठकले प्रारम्भिक निर्वाचनमा सर्वसम्मतिमा निर्वाचित भई पार्टीका तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन गरेको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु