+

खुले सरकारी विद्यालय

काठमाडौँ । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन्। देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएका थिए ।


आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो।

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका हुन्। सहमति अस्ति बुधबार भए पनि हिजो सार्वजनिक बिदा भएका कारण स्कुल आजदेखि खुलेका छन्।  शुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने शिक्षकहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै