+

जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेकी भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । 


बुधवार रातिदेखि फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले पेस्तोल पड्काएको समेत स्पष्ट देखिन्छ । उक्त भिडियो कहाँ कहिले खिचिएको हो भन्ने स्पष्ट भने भइसकेको छैन ।


सप्तरीको बोदे बरसाईन नगरपालिका–५ की यादव जसपा नेपालका उपाध्यक्ष समेत रहेका राष्ट्रियसभा सदस्यकी मृगेन्द्र सिंह यादवकी छोरी हुनुहुन्छ । डा. यादव जसपा नेपालकी केन्द्रीय सदस्य समेत हुनुहुन्छ । 

सप्तरीका एसपी ढकेन्द्र खतिवडाले सो भिडियोको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।  ‘भिडिओ मैले पनि हेरे, उहाँलाई बोलाएर त्यस विषयमा सोधपुछ गर्छौं,’ उहाँले भन्नुभयो, ‘सोधपुछ र अनुसन्धानपछि थप स्पष्ट हुन्छ ।’ सोहीअनुसार कानूनी प्रक्रिया अघि बढ्ने एसपी खतिवडाले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै