+

एमाले ७ जिल्लाको अधिवेशन तयारीमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७ जिल्ला अधिवेशन तयारीमा जुटेको छ । 

एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले बाँकी रहेका जिल्लाको अधिवशेन  मङ्सिर महिनाभित्र सम्पन्न गर्ने बताउनुभयो । एमालेको मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ । 

गएको जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भए पनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको अध्यक्ष डा सुब्बाले बताउनुभयो । उहाँले बझाङ जिल्लाको अधिवेशनको समय महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै तोकिने बताउनुभयो । 

पार्टीले अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला कमिटीलाई मङ्सिर महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको अध्यक्ष डा सुब्बाले बताउनुभयो । ‘मङ्सिर महिनामा अधिवेशन सक्नुपर्ने हो । जिल्ला कमिटीबाट मिति तोकेर आउनुपर्दछ? उहाँले भन्नुभयो– ‘अनि हामीले निर्वाचन गराउने हो ।’ 

एमालेको अहिलेसम्म ७० जिल्लाका जिल्ला अधिवेशन सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट