+

चितवनमा कांग्रेस र एमालेबीच दलीय संयन्त्र गठन

चितवन ।  जिल्लामा नेपाली कांग्रेस र एमालेबीच दुई दलीय संयन्त्र गठन भएको छ । 

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालका अनुसार आइतबार  संयन्त्र गठन गरिएको हो । नेपाली कांग्रेसबाट तीन र नेकपा एमालेबाट तीन जना रहने गरी संयन्त्र गठन गरिएको छ । 

संयन्त्रमा  कांग्रेसका तर्फबाट जिल्ला सभापति खनाल, सचिव ध्रुवराज पोख्रेल, वरिष्ठ जिल्ला सदस्य मिलनबाबु श्रेष्ठ रहनुभएको छ । जिल्ला उपसभापति राजीव न्यौपानेलाई आमन्त्रित सदस्यको रुपमा राखिएको छ । यस्तै नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कमल पाठक, सचिव प्रकाश ढुुङगाना र जिल्ला इन्चार्ज देवी ज्ञवाली संयन्त्रमा रहनुभएको छ । एमालेको तर्फबाट आमन्त्रित सदस्यमा कृष्णभक्त पोखरेललाई राखिएको जिल्ला सभापति खनालले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो– ‘सरकारलाई तल्लो तहसम्म विकासको मूल प्रवाहमा जोड्ने उद्देश्यले संयन्त्र निर्माण गरिएको हो । यसले कांग्रेस र एमालेबीच हुने तल्लो तहको द्वन्द्वलाई न्यूनीकरण गर्ने उहाँले बताउनुभयो । 

यसैबीच संयन्त्रको बैठकले चितवन जिल्लाको सातवटै स्थानीय तहमा तीन÷तीनजनाको संयन्त्र निर्माण गरी वर्तमान सरकारको केन्द्रीय संरचना र भावना अनुरूप स्थानीय तहमा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । संयन्त्रको अध्यक्षता प्रत्येक बैठकमा आलोपालो हुने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट