+

ग्रामथानको अध्यक्ष, नलगाडको उपप्रमुख र त्रियुगा –१२ को वडाध्यक्षमा माओवादी केन्द्र तथा ठाकुरबाबा –४ को वडाध्यक्षमा कांग्रेस विजयी

मोरङ ।  मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा ्माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले ६ हजार ९ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ । 

आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अमिन थारुले १ हजार ४३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्र्धी नेकपा माओवादी केन्द्रका ६ सय ७८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सुर्खे,, जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवका लामिछानले ४ हजार २ सय ७२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । 

उहाँको निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले ३ हजार १ सय ४७ मत प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार १६ हजार ४ सय ४९ मतदाता मध्ये १० हजार ६ सय ६ मत खसेको थियो  । 

उदयपुर  त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदमा  नेकपा माओवादी केन्द्रका उम्मेदवार नवीनकुमार बान्तावा राईले ९ सय २३  विजयी हुनुभएको छ । 


आइतबार सम्पन्न स्थानीय तह निर्वाचमा उहाँको निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६ सय ८ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यलयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट